पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको अगैया नजिकै स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अगैया नजिकै स्कारपियो र मोटरसाइकल ठोक्किदाँ एक पुरुषको ज्यान गएको हो ।
मृत्यु हुनेमा बर्दियाका अन्दाजी २७ वर्षीया हिरालाल थारु रहेका छन् । उनको साथबाट नेपाल प्रहरीको परिचयपत्र समेत फेला परेको छ । बाँके भन्दा बाहिरी जिल्लामा कार्यरत प्रहरी जवान हुनसक्ने स्थानीय प्रहरीले अनुमान गरेको छ ।
यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ फागुन २४ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्