कोहलपुरमा पूर्वमन्त्रीले गरिन् शौचालय शिलान्यास



कोहलपुर ।

कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा निर्माण हुने शुलभ शौचालयको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच क्याम्पसमा निर्माण हुने शौचालयको शिलान्यास गरिएको हो । उक्त शौचालयको लुम्बिनी प्रदेशकी पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरिन् । उक्त शौचालय उनकै संसद् विकास कोषको सहयोगबाट निर्माण हुने लागेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीहरुका लागि निर्माण हुने शुलभ शौचालय निर्माणको लागि कोषबाट १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै शौचालय निर्माणका लागि कोहलपुर नगरपालिकाले पनि एक लाख रुपैयाँ सहयोग गरेको क्याम्पस प्रमुख दानबहादुर हमालले बताए । उनका अनुसार कूल ११ लाख रुपैयाँ लागतमा शौचालय निर्माण हुने छ ।

शौचालय निर्माण भएपछि समग्रमा क्याम्पसलाई सहज हुने उनले बताए । ‘माननीयज्यूबाट सहयोग प्राप्त भएको छ । यसले हामीलाई सहज हुनेछ । नगरपालिकालाई पनि धन्यवाद दिन चाहन्छुँ,’ उनले भने । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश सदस्य पौडेलले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रको शैक्षिक हब भएको बताइन् । उनले उक्त अवसरमा क्याम्पस गहनासमेत भएको बताइन् ।

क्याम्पसको हितको लागि आफू सधैं सहयोग गर्न तत्पर रहेको पौडेलको भनाइ छ । ‘सोंचे जस्तो सहयोग गर्न सकिएको छैन । कार्य क्षेत्र र नीति नियमको बन्देजका कारण चाहेर पनि सहयोग गर्न सकेका छैनौँ,’ उनले भनिन्, ‘यो त सानो सहयोग हो । आगामी दिनमा पनि सहयोग गर्न तयार छौँ ।’ पूर्वमन्त्रीसमेत रहेकी उनले क्याक्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा विकासको लागि सबैको भूमिका महŒवपूर्ण हुनेमा जोड दिइन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बागेश्वरी क्याम्पस लामो प्रयास र दुःखपछि अहिलेको स्थानसम्म आइपुगेको बताए । कोहलपुरको शैक्षिक धरोहरका रुपमा रहेको क्याम्पसलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग भइरहेको बताए । शुलभ शौचालय शिलान्यास कार्यक्रममा क्याम्पसका विद्यार्थी, पूर्व प्रमुखहरु र प्रध्यापकहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २२ गते आइतबार