कृषि विकास बैंक लिमिटेडको ५५औँ वार्षिकोत्सवको अवसरमा प्रभात फेरि गरिएको छ । बिहीबार कृषि विकास बैंकदेखि रंगशालासम्म प्रभात फेरि गरिएको हो ।
हामीलाई दिनूहोस् साथ, बनाउँछौ तपाईंलाई समुन्नत, सबैभन्दा बढी कार्य सञ्जाल भएको बैंकलगायतका नारा लगाउँदै नेपालगन्जस्थित कृषि विकास बैंकको कार्यालयबाट वीपीचोक–त्रिभवन चोकदेखि पुराना नगर भवन हुँदै रंगशालासम्म प्रभात फेरि गरिएको थियो ।
उक्त बैंकको ५५औँ वार्षिकोत्सवमा राष्ट्रिय स्तरको ब्याटमेन्टिन प्रतियोगितासमेत सञ्चालन भइरहेको जिल्ला कृषि विकास बैंक नेपालगन्जका प्रशासन प्रमुख नगेन्द्र शाहले जनाए । उनका अनुसार उक्त प्रतियोगिता आजसम्म सञ्चालन हुने छ ।
कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभइ कृषिलाई पहिलो प्राथमिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडि सारेका लोक–कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाईसमेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ व्यावसाय सञ्चालन उल्लेख्य योगदान दिइरहेको उनको भनाइ छ । कृषि विकास बैंकले स्थापनाकालदेखि हाल ५५औं वर्षसम्ममा सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेकोमा उनले खुसी व्यक्त गरे ।
कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाइल बैंकिङ सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आइपिएस, अनलाइन बैंकिङ खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ सेवा, फाइव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोबाइल बैंकिङमार्फत युटिलिटी पेमेन्ट र करिब तीन लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलब्ध गराउन सफल भएको कृषि विकास बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्