जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबारको खेलमा न्यू डाँफे र जय किसान स्पोर्टस् क्लब विजयी भएका छन् । नेपालगन्ज रंगशालामा भएको खेलमा न्यू डाँफेले मोडेल टिमलाई २–१ ले पराजित ग¥यो भने जय किसानले बुद्ध युवा क्लबलाई १–० ले पराजित ग¥यो ।
न्यू डाँफेका लागि विमल बस्नेतले ३४औँ मिनेटमा र अनिल विकले ४२औँ मिनेटमा गोल गरे । मोडेलका लागि रोशन पुन मगरले ९औँ मिनेटमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
जय किसानका लागि दीक्षान गिरीले २१औँ मिनेटमा गरेको गोल नै, निर्णायक बन्यो । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबल फागुन ३० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्ला फुटबल संघसँग आबद्ध ११ टिम सहभागी छन् ।
दुई समूहमा विभाजन गरिएकोमा समूह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब छन् भने समूह ‘बी’ मामोडेल टिम, बुद्ध युवा क्लब, जय किसान स्पोर्ट क्लब, न्यू डाँफे स्पोर्टस् क्लब, युनाइटेड युथ क्लब र नवदुर्गा युवा क्लब छन् ।
लिगको विजेताले जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जनाए ।










प्रतिक्रिया दिनुहोस्