बाँके कांग्रेस सभापतिको दोस्रो चरणको मतदानः हमाल समूहको समर्थन गौडेललाई



नेपालगन्ज ।

पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस बाँकेको सभापति पदमा प्रतिष्पर्धा गरेका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणमा नारायण प्रसाद गौडेललाई समर्थन गरेका छन् ।

उनले मतदातालाई गौडेललाई मतदान गर्न आह्वान गरेका छन् ।

संस्थापन समूहका हामालले संस्थापन इतर समूहका गौडेललाई समर्थन गरेका हुन् । उनले बागेश्वरीपोस्टसंग भने-“मेरो समर्थन नारायणजीलाई छ ।” उनले मतदातामाझ पनि यही सन्देश प्रवाह गरेका छन् । दोस्रो चरणमा गौडेल र संस्थापनका बादशाह कुर्मीबीच मतदान भइरहेको छ ।

हिजो भएको पहिलो चरणको निर्वाचनमा गौडेल पहिलो, कुर्मी दोस्रो र हमाल तेस्रो भएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार