फोनिज लुम्बिनीको अध्यक्षमा बाँकेका गजेन्द्र गुरुङ



कोहलपुर ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश अध्यक्षमा बाँकेका पत्रकार गजेन्द्र गुरुङ चयन भएका छन् ।

रुपन्देहीको सैनामैनामा बुधबार सम्पन्न फोनिज लुम्बिनीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा गुरुङ सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिको सचिवमा बाँकेबाट शम्भुप्रसाद थारु र प्रज्ज्वल श्रेष्ठ चयन भएका छन् । बाँकेका समिरमान श्रेष्ठ र रविन्द्रमान शेरचन कार्यसमिति सदस्यमा सर्वसम्मत भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १९ गते बिहीबार