25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

धारा नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९  

नेपालगन्ज : दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले बर्षभरि विभिन्न गतिविधि गर्ने कार्य अन्तर्गत नेपालगन्ज मेयर कप िक्रकेट प्रतियोगितामा सहभागी टिमसँग सहकार्य गरेको छ ।
मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओओ सौगात विक्रम शाह, हेल्दीक्याफे हस्पिटलका एमडी कमिल हलवाई र टिम कप्तान यस हमालले जर्सी सार्वजनिक गरे । अब टिमले धारा मंगोलियन स्पोर्ट्स क्लबका नामबाट मेयर कप खेल्नेछ ।


‘दौड हरेक खेलका लागि अनिवार्य शर्त हुने गर्छ । दौडमा राम्रो हुनेले सबै खेलमा राम्रो गर्नसक्छ ।’सिइओे शाहले भने –‘तसर्थ हरेक खेललाई दौडसँग जोड्दैछौं ।’
आठौं धारा नेपालगन्जम्याराथन गत मंसिर २४ गते सम्पन्न भएको थियो । नेपालगन्ज म्याराथन नेपालबाट विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को पहिलो सदस्य हो । नेपालमा पहिलोपटक धावकहरुले इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरेर दौडिएका थिए । राज्य र विद्रोहीपक्षबीच बृहतशान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो साता नेपालगन्ज म्याराथन हुने गर्दछ ।

प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९     1:37:49 PM  |