कोहलपुरका गिरी र रिजाल स्वास्थ्य सेवाबाट पुरस्कृत



कोहलपुर ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी र भेरी अस्पताल नर्सिङ निरीक्षक सञ्जु रिजाल स्वास्थ्य सेवाबाट पुरस्कृत भएका छन् । सरकारले दुवैजनालाई २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य सेवाबाट उनीहरु पुरस्कृत भएका हुन् ।

उनीहरुलाई काठमाडौंमा एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरस्कृत गरेको थियो । पुरस्कृत भएका दुवैजना बाँके कोहलपुर नगरपालिका निवासी हुन् ।

कोहलपुर–११ निवासी रिजाल १२ वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत रहेकी छिन् । कोहलपुर निवासी गिरी भने स्वास्थ्य कार्यालय बर्दियामा बरिष्ठ जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत छन् । दुवैजनाले कोभिड–१९ (कोरोना) को समयमा संक्रमितको उपचार तथा व्यवस्थापनमा राम्रो काम गरेका थिए ।

स्वास्थ्य सेवाबाट पुरस्कृत भएपछि खुसी भएको भन्दै उनीहरुले अझै काम गर्ने जिम्मेवारी बढेको बताए । दिवसकै अवसरमा गिरी र रिजालसहित स्वास्थ्य सेवाबाट देशभरिका १० जनालाई पुरस्कृत गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १६ गते सोमबार