दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ गायत्री टोलबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका हुन् ।
उक्त टोलका भित्री सडक बाटोमा दुर्लभ वन्यजन्तु चितुवाको छाला ल्याइरहेका छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिइ गएको प्रहरी टोलीले पैदल हिँडिरहेका व्यक्तिलाई खानतलासी गर्दा पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको प्रेस नोटमा ती व्यक्तिहरुले सेतो प्लास्टिकको बोरामा चितुवाको छाला थान–१ (एक) सहित पक्राउ तथा बरामद गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा बैजनाथ–५, का २८ वर्षीय यामबहादुर विश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय आकाश परियार र वडा नम्बर ९ का ५४ वर्षीय लालबहादुर विक रहेको कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्