नेवार समुदायको स्वतन्त्र संस्था नेवाः देय् दबुको बर्दिया जिल्ला भेला तथा तेस्रो अधिवेशन बर्दियाको शितलाबजारमा शनिबार सम्पन्न भएको
छ । ‘भाषा र संस्कृतिको जगेर्ना गर्दै नेवाः पहिचान जोगाऔं’ भन्ने नारासहित अधिवेशन भएको थियो ।
कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले कला संस्कृतिको संरक्षणमा नेवारी जातिको महत्वपूर्ण योगदान रहेको बताउँदै नेवाः समुदायको नयाँ पुस्तालाई नेवाः संस्कृतिको विषयमा जानकारी गराउन नसक्दा कयौं संस्कृतिहरु लोप हुने अवस्था रहेको
बताए ।
बर्दिया जिल्ला बहुजातिय जिल्ला भएकाले जिल्लाको विकासमा आदिबासी जनजातिहरुबाट संस्थागत रुपमा महत्वपूर्ण योगदान पुग्दै आएको दाबी गरे । बर्दियाको पहिचान विविध जातिय संस्कृति भएकाले जातिय संस्थाहरु अझ सकृय बन्दै जानुपर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
नेवारी समुदायको हकहित भाषा–भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि समिति गठन गरिएको नेवाः देय् दबु बर्दियाको संस्थापक अध्यक्ष ईन्द्रकुमार श्रेष्ठले जानकारी दिए । शनिबार नै सम्पन्न भेलाले बढैयाताल निवासी मोहनलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा चमेली श्रेष्ठ र बिश्वमान प्रधान, सचिवमा ईश्वर श्रेष्ठ र संगीता श्रेष्ठ चयन भएका थिए । नवगठित समितिलाई निवर्तमान अध्यक्ष शुक्रकुमार श्रेष्ठले शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष मोहनलाल श्रेष्ठले बर्दिया जिल्लामा बसोबास गर्ने नेवार समुदायको हकहितको लागि आफू लागि पर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्