27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बारामा प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा ‘तस्कर’को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७८  

कलैया ।

प्रहरीको गोली लागेर बारामा एक गाँजा ‘तस्कर’को मृत्यु भएको छ ।

बुधबार राति सात/आठजनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२, महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाँजा तस्करको मृत्यु भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एकजना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए । पक्राउ पर्नेमा भारत, विहारको मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए । शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ । रासस

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७८     11:21:47 AM  |