दुग्ध व्यवसायी संघ बाँकेको अध्यक्षमा भण्डारी



कोहलपुर  : जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको अध्यक्षमा दीपक राज भण्डारी चयन भएका छन् ।बुधबार सम्पन्न १० औँ साधारण सभा तथा ४ औँ अधिवेशनबाट भण्डारीको नेतृत्तवमा नयाँ कार्यसमिति चयन गरिएको हो । अध्यक्ष चयन भएका भण्डारी देउती डेरी उद्योग कोहलपुरका सञ्चालक हुन् ।

संघको उपाध्यक्षमा चन्द्र बहादुर रावत,सचिवमा दीपक कार्की,सह –सचिवमा कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्षमा टेकराज जैशी चयन भएका छन् । यस्तै सदस्यहरुमा लालकृष्ण चौधरी चन्द्र प्रसाद जैशी, टेक बहादुर कार्की, र चेतनारायण शर्मा चयन भएको सचिव कार्कीले जानकारी दिए । यस्तै जिल्ला दुग्ध व्यवसायी संघ बाँकेको सल्लाहकारमा बदरुदिन अन्सारीलाई चयन गरिएको छ । अन्सारी संघका निवर्तमान अध्यक्ष हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार