बर्दियाको सैनवारमा शौचालय गर्न निस्केकी महिलालाई बाघले खायो



बर्दिया ।

बर्दियामा बाघले एक जना महिलालाई खाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवार निवासी ४१ वर्षीया लिलि चौधरीलाई बाघले खाएको हो ।

घरबाट शौचालय गर्न बाहिर निस्केको समयमा मंगलबार राती साढें ८ बजेतिर बाघले महिलालाई झम्टेको थियो । स्थानीय चिच्याएपछि बाघ भागेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

शव परीक्षण गर्न जिल्ला अस्पताल गुलरियामा राखिएको छ । पछिल्लो समयमा बाँकेको राप्तीपारी क्षेत्र फत्तेपुरमा बाघले आतंक मच्चाइरहेका बेला बर्दियामा पनि यस्तो घटना भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार