विद्यालयमा शिक्षण सिकाइको मुख्य थलो कक्षा हो, जहाँ विद्यार्थी र शिक्षकबीच आपसमा सिक्ने र सिकाउने कार्य हुन्छ । शिक्षण र सिकाइ कार्यलाई निर्देशित गर्ने मुख्य साधन पाठ्यक्रम हो ।
पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री र मूल्यांकनका साधनहरूको निर्माण हुन्छ । केन्द्रीय पाठ्यक्रमले मात्र देशभरिका स्थानीय ज्ञान, सीप, विधि तथा प्रविधिलाई समेट्न सकेको हुँदैन ।
नेपालगन्ज ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले कक्षा तीनसम्ममा राखिएको जम्मा २६ पाठ्यभारमा पाँच पाठ्यभार, कक्षा चारदेखि कक्षा आठसम्म राखिएको ३२ पाठ्यभारमा चार पाठ्यभार स्थानीय विषयवस्तु तथा मतृभाषालाई छुट्याएको छ । प्रारूपले पनि स्थानीय विषयवस्तु तथा मातृभाषाको पाठ्यक्रम निर्माण गर्ने कार्यमा विद्यालय तथा स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजेको देखिन्छ ।
तर यहाँका स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गर्न सकेका छैनन् । पाठ्यक्रम निर्माणमा स्थानीय सरकारले गम्भीरता नदेखाउँदा स्थानीय पाठ्यक्रम निर्माण हुन नसकेका हुन् । कतिपय विद्यालयहरू स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयन गर्न इच्छुक देखिए पनि त्यस्तो स्थानीय पाठ्यक्रम कस्तो हुन्छ र कसरी बन्छ भन्ने ज्ञान र सीपको कमीका कारण इच्छा भएर पनि स्थानीय पाठ्यक्रम बन्न नसकिरहेको पाइन्छ ।
विशेष गरी स्थानीय स्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा, व्यवसाय र विपद् व्यवस्थापन आदि विषयहरु समावेश गरेर स्थानीय सरकारले पाठ्यक्रम निर्माण गर्न सक्छन् । यसमा अझ महŒवपूर्ण भनेको भाषिक हो । यहाँका कतिपय विद्यार्थीलाई भाषै बुझ्न कठिन हुने गरेको छ । आफ्नै मातृभाषामा पाठ्यक्रम निर्माण भए उनीहरुको पढाइ सहज हुने देखिन्छ ।
स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले तयार गर्न भनिएको शैक्षणिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले स्थानीय पानिदृष्ट गरेको छ ।
पाठ्यपुस्तकमा भौगोलिक, धार्मिक एवम् सांस्कृतिक, जातीय, भाषिक विविधता समेट्ने भनिएको छ । विद्यालय तहमा केन्द्रबाट तयार गरी वितरित पाठ्यक्रमले मात्र विद्यार्थीहरुलाई आवश्यक ज्ञान, सीप र व्यवहारका सम्पूर्ण सक्षमताहरु प्रदान गर्न सक्दैन भन्ने यथार्थताअनुरुप स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।
प्राथमिक शिक्षा पाठ्यक्रम २०६२-२०६५ राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३, स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन निर्देशिका २०६४ ले पुष्ट्याइ गरेको छ । साधारण अर्थमा स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले तयार गरिएको शैक्षणिक सामग्री नै स्थानीय पाठ्यक्रम हो । स्थानीय तह स्थापना भएको करिब पाँच वर्ष पुगन थालिसकेको छ । यस अवधिमा पाठ्यक्रम निर्माण नहुनु नै कमजोरीपन भएको शिक्षासँग सरोकार राख्नेहरु बताउँछन् ।
स्थानीय पाठ्यक्रम निर्माण गर्ने मुख्य जिम्मेवारी सम्बद्ध विद्यालयको हो । हरेक विद्यालयले आफ्नो परिवेश, वातावरण र आवश्यकताअनुसारको स्थानीय पाठ्यक्रम निर्माण गर्न पहल गर्नुपर्दछ । विषयवस्तु मिल्ने विद्यालयहरूले सामूहिकरूपमा एउटै पाठ्यक्रम निर्माण गर्न पनि सक्छन् । विद्यालयमा शिक्षण सिकाइको मुख्य थलो कक्षा हो, जहाँ विद्यार्थी र शिक्षकबीच आपसमा सिक्ने र सिकाउने कार्य हुन्छ । शिक्षण र सिकाइ कार्यलाई निर्देशित गर्ने मुख्य साधन पाठ्यक्रम हो ।
पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री र मूल्यांकनका साधनहरूको निर्माण हुन्छ । केन्द्रीय पाठ्यक्रमले मात्र देशभरिका स्थानीय ज्ञान, सीप, विधि तथा प्रविधिलाई समेट्न सकेको हुँदैन । त्यसैले शिक्षण सिकाइमा स्थानीय पाठ्यक्रमको आवश्यकता महसुस गरिएको हो । स्थानीय पाठ्यक्रममा कुनै स्थान विशेषमा प्रचलित पेशा र त्यहाँ उपलब्ध जडीबुटी एवम् उपचार पद्धति, कृषि प्रविधि, स्थानीय रीतिरिवाज र संस्कृति तथा त्यस ठाउँका प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक सम्पदासमेत समेटिएको हुन्छ ।
समग्रमा बालबालिकालाई स्थानीय मौलिक र उपयोगी ज्ञान, सीप र प्रविधिको संवाहकका रूपमा विकास गर्न स्थानीय पाठ्यक्रमले मद्दत गर्दछ । विषयवस्तुहरूको छनोट भएपछि स्थानीय सरोकारवालाका प्रतिनिधि, स्रोतव्यक्ति र विद्यालय निरीक्षकसमेत सम्मिलित पाँचदेखि १० सदस्यीय कार्यदल निर्माण गर्नुपर्दछ । उक्त कार्यदलले सरोकारवालाको भेलाबाट तयार भएको विषय सूचीमा आधारित भएर स्थानीय पाठ्यक्रमको ढाँचामा मस्यौदा पाठ्यक्रम तयार पार्नुपर्दछ ।
स्थानीय पाठ्यक्रमका मुख्य तीन पक्ष
स्थानीय आवश्यकताः स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकतामा आधारित हुनुपर्दछ । स्थानीयरूपमा बालबालिकाको अपेक्षा र खाँचो तथा उनीहरूलाई भविष्यमा समाजमा समायोजन हुन आवश्यक कुराहरूको स्पष्ट पहिचान गरेपछि मात्र स्थानीय पाठ्यक्रमका विषयवस्तुहरू छनोट गर्नुपर्दछ ।
स्थानीय विषयवस्तुः स्थानीय पाठ्यक्रमले स्थानीय विषयवस्तुलाई समेटेको हुनुपर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुहरू केन्द्रीय पाठ्यक्रमले नै समेट्न सक्दछ । त्यसले समेट्न नसकेका स्थानीय विषयवस्तुलाई स्थानीय पाठ्यक्रममा समावेश गरिन्छ । यसमा विविध प्रकारका विषय र क्षेत्रहरू मध्ये स्कुलको परिवेशका लागि उपयुक्त विषयवस्तु छनोट गर्न सकिन्छ ।
स्थानीय सहभागिता र विज्ञताः स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा स्थानीय समुदायमा रहेका व्यक्तिको सहभागिता अनिवार्य हुन्छ । यसमा उनीहरूको विज्ञताको प्रयोग गरिन्छ । पाठ्यक्रम विकासमा स्थानीय व्यक्तिहरूको सहभागिता विभिन्न किसिमले हुन सक्दछ । जस्तै, सुझाव दिने कार्यमा, पाठ्यक्रम लेखनमा, विशेषज्ञको रूपमा, विभिन्न स्रोत, साधन र सूचना उपलब्ध गराउनको निम्ति स्थानीयलाई सहभागी गराउन सकिन्छ ।
यसैगरी पाठ्यक्रम कार्यान्वयन गराउने क्रममा कक्षा कोठाभित्र तथा बाहिर विद्यार्थीलाई विभिन्न क्रियाकलाप गराउन शिक्षकको रूपमा, स्रोतव्यक्तिको रूपमा, विद्यालय तथा शिक्षकलाई सल्लाह प्रदान गर्ने सल्लाहकारको रूपमा, विभिन्न सहयोग प्रदान गर्ने सहयोगीको रूपमा पनि स्थानीय व्यक्तिहरू सहभागी गराउन सकिन्छ ।
नयाँ शैक्षिकसत्रदेखि लागू हुन्छ
गोर्खबहादुर थापा
उपसचिव, नेपालगन्ज उपमहानगरपालिका
नेपालगन्ज उपमहानगरपालिकाले अहिलेसम्म सुझाव मात्र संकलन गरेको छ । नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू हुनेछ । जनाए । नेपालगन्जले नेपाली, अंग्रेजी, अवधि र उर्दु भाषामा स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको छ ।









प्रतिक्रिया दिनुहोस्