एमसीसीको वरुद्धमा काठमाण्डौसहित अन्य स्थानमा पनि चर्को विरोध शुरु भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसीएल र अखिल क्रन्तिकारीको सयुक्त आयोजनामा दाङको लमहीमा विरोध प्रदर्शन गरिएको थियो ।
लमहीको गोलघर चोकबाट शुरु भएको ¥यालीले बसपार्क, चौराहा हुदैँ गोलघर चोकमा पुगी कोणसभामा परीणत भएको थियो ।
कोणसभालाई शम्बोधन गर्दै, अखिल क्रन्तिकारीका दाङ जिल्ला अध्यक्ष कल्याण अधिकारीले एमसीसी परियोजना कुनैपनि हालतमा देशको हितमा नरहेको बरु यही नाममा देश बेच्ने खतरा देखिएको बताए ।
उनले यूवाहरु एक भएर राष्ट्रघाती एमसीसीको विरोध गर्न आवश्यक रहेको औल्याउदै एमसीसी फिर्ता नहुन्जेलसम्म निरन्तर आन्दोलनमा रहने दाबी गरे ।
कोणसभामा वाइसीएलका क्षेत्रिय संयोजक लेलीन बन्जाडेले यूवाको शक्तिलाई नजर अन्दाज नगर्न आग्रह गर्दै, यूवाको शक्तिलाई कसैले रोक्न नसक्ने बताए ।










प्रतिक्रिया दिनुहोस्