कोहलपुरमा एससीसीको विरोधमा प्रदर्शन, केहीबेर स्थिती तनावग्रस्त (भिडियोसहित)



कोहलपुर ।

बाँकेको कोहलपुरमा विद्यार्थीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो स्थानीय साझा चोकमा विद्यार्थीहरुले टायर बालेर विरोध जनाएका हुन् । विद्यार्थीहरुले प्रदर्शन गरेपछि एक घण्टा साझा चोक तनावग्रस्त बनेको थियो ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको अगुवाईमा विरोध प्रदर्शन भएको थियो । केहीबेर प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको बताइएको छ ।

प्रहरी आएर सडकमा बालिरहेको टायर निभाएपछि प्रदर्शनकारीले कुटपिट गरेका थिए । अहिले भने साझा चोकको अवस्था सामान्य
रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार