नेपाल भर्सेस फिलिपिन्स: ८३ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट



काठमाडौं ।

ओमानमा जारी आइसिसी टि-२० विश्वकप छनोटको ग्लोबल छनोटमा दीपेन्द्रसिंह ऐरी आउट भएका छन्।

आफ्नो करियरकै उत्कष्ट पारी खेलेका उनले ४७ बलमा ८३ रन बनाए। उनले ८३ रन बनाउने क्रममा ४ छक्का र ६ चौका प्रहार गरे।

उनले आफ्नो करियरकै तेस्रो अर्धशतक ३७ बलमा पूरा गरेका थिए। यो उनको तेस्रो अन्तर्राष्ट्रिय टि–२० हाल्फ सेन्चुरी हो।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार