जीर्ण बन्दै नेपालगन्ज–कोहलपुर फोरलेन सडक



सडक डिभिजन प्रमुखका अनुसार सडकमाथिका खाल्डाखुल्डी पुरिसकिएका छन् । यता सडकमा हेर्ने हो भने महिनौंदेखि सडक मर्मत सम्भार भएको देखिँदैन । सडकमा उस्तै छन् खाल्डाखुल्डी ।

प्रमुख केसी र सडकको अवस्था बाझिँदा सडक मर्मतका नाममा रकम मात्रै त सकिने गरेको छैन ? भन्ने प्रश्न सर्वसाधारणहरुले गर्न थालेका छन् । सडक मर्मत सम्भार नहुनु, ठूला भार क्षमताका सवारीसाधन गुड्नु र कहिलेकसो सडकमाथिनै लोडर गुड्ने हुँदा पनि सडक जीर्ण हुँदै गएको हो ।

नेपालगन्ज ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर केसीका अनुसार नेपालगन्ज–कोहलपुर फोरलेन सडकखण्ड आइतबार र सोमबार मात्रै मर्मत गरिएका छ । उक्त सडकखण्डमा खाल्डाखुल्डी भए नियमितरुपमा सडक डिभिजनले तत्काल पुर्ने गरेको उनी बताउँछन् तर उनले भनेको र सडकको अवस्थाको तारतम्य मिल्दैन ।

सडक डिभिजन प्रमुखका अनुसार सडकमाथिका खाल्डाखुल्डी पुरिसकिएका छन् । यता सडकमा हेर्ने हो भने महिनौंदेखि सडक मर्मत सम्भार भएको देखिँदैन । सडकमा उस्तै छन् खाल्डाखुल्डी । प्रमुख केसी र सडकको अवस्था बाझिँदा सडक मर्मतका नाममा रकम मात्रै त सकिने गरेको छैन ? भन्ने प्रश्न सर्वसाधारणहरुले गर्न थालेका छन् ।

अहिले नेपालगन्ज–कोहलपुर फोरलेन सडक जीर्ण बन्दै गएको छ । मर्मत सम्भार नहुनु, ठूला भार क्षमताका सवारीसाधन गुड्नु र कहिलेकसो सडकमाथिनै लोडर गुड्ने हुँदा पनि सडक जीर्ण हुँदै गएको हो । उक्त सडकखण्डअन्तर्गत धम्बोझीदेखि कोहलपुरसम्मका अधिकांश ठाउँमा खाल्डाखुल्डी छन् । सडक उस्तै चिराचिरा परेको छ । समयमै मर्मत सम्भार नहुने हो भने अझै सडक जीर्ण हुँदैन जाने निश्चित छ ।

मर्मत सम्भारको अभावमा सडक जीर्ण हुँदा यातायातका साधानहरुलाई समस्या हुँदै गएको छ । दुई र तीन पांग्रे सवारी साधनलाई अझ बढी जोखिम हुने गरेको साना यातायात व्यवसायीहरु बताउँछन् । ‘सडक जीर्ण भइसकेको छ,’ चालक हरिभक्त खड्काले भने, ‘तर सडक मर्मतसम्भार हुन सकेको छैन ।’ तत्कालै सडक मर्मत नगरे अझै धेरै ठूला खाल्डाखुल्डी पर्ने उनको भनाइ छ । पहिला गरिएको कालोपत्रे फाट्न थालेको छ भने केही समय पहिला मर्मत गरिएकै भागमा खाल्डाखुल्डी भएका छन् ।

‘पहिला कालोपत्रे गरेको बलियो रहेछ,’ गनापुरका राजेश थारुले भने, ‘मर्मत गरिएको भाग नै उप्किएको र खाल्डाखुल्डी भएका छन् ।’ निर्माणका क्रममा कमशलखालको सामग्री प्रयोग गर्दा मर्मत गरिएको ठाउँमा खाल्डाखुल्डी भएको हुन सक्ने उनको भनाइ छ । सडकमाथि खाल्डाखुल्डा भए तत्काल मर्मत सम्भार गर्ने गरेको सडक डिभिजन कार्यलयले जनाएको छ । ‘आइतबार र सोमबार मात्रै सडक मर्मत भएको छ,’ सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर केसीले भने, ‘सडक जीर्ण भए तत्काल मर्मत गर्छाैं ।’

उनका अनुसार अहिले तत्काल साना खाल्डाखुल्डी सडक डिभिजन कार्यालय टाल्ने गरेको छैन । ‘चिसोमा काम गर्न समस्या भयो,’ उनले भने, ‘चिसोमा काम गर्न समस्या भएकाले ठूला खाल्डाखुल्डी मात्रै टालटुल परेका हौं ।’ अब साना खाल्डाखुल्डी पनि मर्मतसम्भार गर्छाैं । केही दिनदेखि मौसम सुधार भएकाले साना खाल्डाखुल्डी र चर्काेको ठाउँमा मर्मत गर्ने उनी बताउँछन् ।

सडक समयमै मर्मत नहुँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयहरु बताउँछन् । ‘सडक मर्मत भएको छैन,’ हवल्दारपुरका विकास चौधरीले भने, ‘कसलाई के थाहा, यस्तो सडक हुँदा कतिबेला दुर्घटना हुन्छ ।’ सडक मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च हुँदै आएको छ । करोडौं रुपैयाँ खर्च हुने गरे पनि सडकको अवस्था भने सुधार हुन सकेको छैन ।

सडक नियमित मर्मत गरेका छौं
होमबहादुर केसी

प्रमुख, सडक डिभिजन कार्यालय नेपालगन्ज

भर्खरै सडक मर्मत गरेका छौं । मर्मत भयो अब हुँदैन भन्ने पनि होइन । नियमित मर्मतका लागि हामीसँग पैसा हुन्छ । त्यसैले सडक मर्मतका लागि आवश्यक सामग्री पहिला नै खरिद गरेर राखेका हुन्छौं । जहाँनेर खाल्डाखुल्डी भए त्यहाँनेर तत्काल पुर्छाैं ।

चिराचिरा परेको ठाउँमा पनि मर्मत गर्छाैं । राँझाभन्दा उत्तरपट्टि दुई ठाउँमा खाल्डाखुल्डी भएको थाहा छ । अरु ठाउँमा हामीले मर्मत गरिसकेका छौं । थप सडक मर्मत सम्भारका लागि प्रक्रियामा पनि गएका छौं ।

अहिले तत्कालका लागि ठूला खाल्डाखुल्डी मात्र टालेका छौं । साना टाल्ने गरेका छैनौं । त्यसका लागि पनि प्रक्रियामा छौं । छिटै टाल्छौं । मौसममा पनि सुधार आएको छ । अब काम गर्न पनि सजिलो होला ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार