नेपालगन्ज गुलरिया सडक खण्डको खजुरामा स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् ।
हुलाकी सडकमा पर्ने उक्त सडक खण्डमा सडक निर्माणको काम निर्माण कम्पनीले बीचैमा अलपत्र पारेको भन्दै स्थानीयहरुले टायर बालेर सडक अवरुद्ध पारेका हुन् ।
सडकको काम अलपत्र भएको हुँदा दिनहुँ सडक दुर्घटनाको जोखिमको साथै धुँलोको कारण स्वास्थ्यमा असर पर्नुका साथै व्यवसायमा समेत असर परेको स्थानीयहरु बताउँछन् ।
सडक खुलाउँने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्