आजको संसद बैठक शोक प्रस्ताव पारित गरेर सकिने



प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ।

प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूची अनुसार नै बैठक अघि बढाउन सुझाव दिएको हो।

बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले आजै एमसिसी टेबल गर्नुपर्ने बताएका थिए। बैठकमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिले एमसिसीजस्तो विषयमा सहमति नगरी टेबल गर्न नहुने बताएका थिए।

बैठक प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले बहिष्कार गरेको थियो भने सत्तारूढ जनता समाजवादी पार्टी पनि बैठकमा सहभागी थिएन्।संसद बैठकको आजको कार्यसूचीमा सभामुख अग्नि सापकोटाले केही शोक प्रस्तावहरू पेश गर्ने छ।

प्रतिपक्षी एमालेले आज पनि आफूहरूले बैठक अवरूद्ध गर्ने बताएको छ।

संसदको अर्को बैठक शुक्रबार १ बजे डाक्ने गरी तयारी भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार