दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेललाई पूर्व–पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा रा १ ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको
थियो । साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । मृतकको शव घटनास्थानमै छ । पूर्व–पश्चिम राजमार्ग बन्द भएपछि गाडी संचालनमा आउन सकेका छैनन् ।
प्रकाशित मिति : २०७८ फागुन ३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्