कोहलपुरमा अटो चलाएर मासिक ३० हजार कमाउँदै सुशीला



सामान्य घर खर्च तथा चुरा टिकुलीको खर्चसमेत श्रीमान्बाट माग्नु पर्ने सुशीलाको अवस्था अहिले फेरिएको छ । सामान्य खर्च श्रीमान्बाट लिने होइन, अझ दिने स्थितिमा पुगेकी छिन् ।

कमाउन ठूलै लगानी भए स्वदेशमा व्यापार व्यवसाय गर्ने र सानो रकम हुँदा विदेश गएर रोजगारी गर्नुपर्छ भन्ने छैन । किनकी सानै लगानीबाट छरछिमेकमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सुशीलाले देखाएकै छिन् ।

कोहलपुर ।

रोजगारीका लागि इच्छाशक्ति र लगनशीलता नहुँदो तः बर्दियास्थित ठाकुरद्वारा–८, (हालः कोहलपुर–१२, चप्परगौडी) की ३३ वर्षीया सुशीला शर्मा आज मासिक २० देखि ३० हजार रुपैयाँ कसरी कमाउँदिउन् । अहिले दिनभरि ई–रिक्सा (अटो) चलाएर उनले मनग्ये आम्दानी गर्छिन् । सामान्य खेती किसानी गर्ने उनलाई श्रीमान्ले घर खर्च चलाएकै थिए । आफू घरधन्दा गर्थिन् ।

तर, बेरोजगारी बस्नुभन्दा सानोतिनो भए पनि रोजगारी गर्ने तिव्र इच्छा शक्ति थियो । अटो किनिन् र सानोतिनो रोजगारीमा जोडिइन् । हेर्दा लाग्छ ठूलै प्रगति कहाँ गरेकी छिन् र ? अटो त चलाउँछिन् ! यसै भन्छन्, ‘जो आफैँ केही गर्न सक्दैनन् ।’ सामान्य परिवारकी उनी बिहानै घरको कामकाज सकेर अटो ल्याएर सडकमा आउँछिन् ।

दिनभरि अटो चलाउँछिन् पुनः साँझ घरको घरधन्दामा व्यस्त हुन्छिन् । पैसा नभएर व्यवसाय गर्न सकिन्, सानो काम गर्न लाज लाग्छलगायतका बहाना गर्नेहरुका अगाडि उनी यस्तो पात्र बनेकी छिन्, ‘काम सानो ठूलो हुँदैन, लगानी नहुँदा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ । मात्र थोरै जोखिम उठान सक्नु पर्छ ।’ इमान्दारिताका साथ काम गर्दा जस्तोसुकै जोखिमलाई पनि पार गर्न सकिने उनले प्रस्तुत गरेकी छिन् ।

अटो चलाउँदै लाज हुन्छ भनेर उनी घरमै सीमित भएको भए, आज उनको परिवारमा अवस्था इँटा थपिने थिएन । श्रीमान् श्रीमती नै रोजगारी हुँदा दैनिक हुने आम्दानी पनि बढ्दो छ । ‘पहिला श्रीमान्ले मात्र कमाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘आज म पनि कमाउने भएको छुँ । दुवैजनाको जोड्दा एकको दुई भएको छ ।’

आफ्नो आम्दानीले घर खर्च चलाउने गरेको उनी बताउँछिन् । उनका श्रीमान्ले कमाएको आम्दानी भने बचत हुन्छ । ठूलो आर्थिक भार पर्दा त्यही रकमले काम चलाउँछिन् उनी । सामान्य घर खर्च तथा चुरा टिकुलीको खर्चसमेत श्रीमान्बाट माग्नु पर्ने सुशीलाको अवस्था अहिले फेरिएको छ । सामान्य खर्च श्रीमान्बाट लिने होइन, अझ दिने स्थितिमा पुगेकी छिन् ।

कमाउन ठूलै लगानी भए स्वदेशमा व्यापार व्यवसाय गर्ने र सानो रकम हुँदा विदेश गएर रोजगारी गर्नुपर्छ भन्ने छैन । किनकी सानै लगानीबाट छरछिमेकमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सुशीलाले देखाएकै छिन् ।

सानासाना कामकाजले आफ्नो जीवन बदल्न सकिन्छ । तर लाजको घुम्टो भने फाल्न सक्ने आट चाहिन्छ । सुशीलाले कोहलपुरमा अटो चलाउँछिन् । उनीसँगै कोहलपुरमा दर्जनौं अटोहरु छन् । तिसबै अटोहरु केही न केही आम्दानी गरेरै घर फर्किन्छन् ।

सुशीलाले पनि दैनिक एक हजारदेखि दुई हजार, २५ सय रुपैयाँसम्म कमाउँछिन् । यसले सामान्य खर्चका लागि आफन्तसँग सहयोग माग्नुपर्ने अवस्था हटेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार