कोहलपुरमा जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम( फोटो फिचर)



कोहलपुर  : २७ औँ जनयुद्ध दिवसको अवसरमा कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र कोहलपुर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । तत्कालीन नेकपा माओवादीको आह्वानमा २०५२ फागुन १ गते व्यवस्था परिर्वतनको लागि जनयुद्ध थालेको थियो ।

उक्त शसक्त आन्दोलन करिब १० वर्ष चल्यो । वि.स.२०६३ मा माओवादी शान्ति प्रक्रियामा आएको हो । जनयुद्ध सुरु भएको दिनको सम्झनामा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिब ३ दर्जन बढीले रक्तदान गरिएको हो ।


बृहत्त रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन कोहलपुर कमिटीका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपानेले गरेका थिए ।

उनका अनुसार देशको व्यवस्था परिवर्तनको लागि जनताको साथसहित जनयुद्ध शुरु भएको थियो । उक्त अवसरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रमका केही झलकहरु

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार