नेपाल स्वयम् सेवी रक्तदाता समाज गुलरियाको अध्यक्षमा बामदेव ज्ञवाली चयन भएका छन् । गुलरियाका स्वयम् सेवी रक्तदाताहरुको पहिलो भेलाले ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा अब्जल खान, सचिवमा महेमुद सिद्दिकी, कोषाध्यक्षमा सुजाता सिंखडा, सदस्यहरुमा कृतिनाथ गोडिया, लक्ष्मण भण्डारी, गयाप्रसाद थारु, बर्नी भण्डारी, आर्यन वाल्मीकी, जैलुदिन गद्दी चयन भएका छन् ।
नियमितरुपमा रक्तदान गर्ने स्वयम् सेवी रक्तदाताहरुले बर्दिया जिल्लामा रगतको अभावमा बिरामी छटपटिनुपर्ने अवस्था नआओस् भनेर समिति गठन गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
भेलामा रक्तदाता समाजका जिल्ला अध्यक्ष प्रेमप्रसाद लम्साल, गुलरिया नगरपालिका–१ का वडाध्यक्ष प्रतापकुमार गौतमलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार










प्रतिक्रिया दिनुहोस्