बाँके जिल्लाका आठवटै पालिकामध्ये कानुन निर्माणमा कोहलपुर नगरपालिका सबैभन्दा अग्रस्थानमा छ । जिल्लाको एकमात्र नगरपालिकाको रुपमा रहेको कोहलपुर कानुन निर्माणमा नेपालगन्जसहित अन्य गाउँपालिकाहरु भन्दा अगाडि देखिएको हो ।
विगत साढे चार वर्षको अवधिमा कोहलपुरमा कूल एक सय २६ वटा कानुन निर्माण भएका छन् । विधायन समितिका संयोजक भीमबहादुर नेपालीका अनुसार कोहलपुर नगरपालिकामा सबैभन्दा धेरै ८० वटा कार्यविधि निर्माण गरिएको छ । त्यसपछि २३ वटा ऐन, १३ वटा निर्देशिका र आठवटा नियमावली निर्माण गरिएको उनको भनाइ छ ।
यस्तै एउटा कोहलपुर राजपत्र र एउटा आचारसंहिता निर्माण भएको उनले बताए । जिल्लाभरि सबैभन्दा धेरै कानुन बनाउन सफल हुनु भएको छ, कानुन निर्माणको प्रक्रिया के छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘सबैभन्दा पहिला मस्यौदा तयार हुन्छ । त्यसपछि अधिवक्ताहरुलाई देखाउँछौँ । पछि विधायन समितिमा लैजान्छौँ ।’
कोहलपुर नगरकार्यपालिका सदस्यसमेत रहेका नेपालीले त्यसपछि कार्यपालिका र सभामा निर्णायार्थ प्रस्तुत हुने र आवश्यक छलफलपछि बहुमतले स्वीकृत(पारित हुने बताए । अहिलेसम्म बनेका सबै कानुनहरु कोहलपुर राजपत्रमा प्रकाशित भइसकेको उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्