कोहलपुर ।
२७औँ जनयुद्ध दिवसको अवसरमा आज बाँकेसहित देशभरि विभिन्न कार्यक्रम गरी भव्यरुपमा मनाइँदैछ ।
दिवसको अवसरमा आज बाँके, बर्दियाका सबै पालिकाहरुमा विभिन्न कार्यक्रमका आयोजना गरिएका छन् । नेकपा माओवादी केन्द्रको आयोजनामा सबै पालिकाहरुमा कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र कोहलपुरको आयोजनामा आज कोहलपुरका बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको कोहलपुर नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका कमिटीको आयोजनामा दिवसको अवसरमा आज साँझ सहिद सेतु विक चोकमा दीप प्रज्वलन गरिने नगर अध्यक्ष रतन शाहीले जानकारी दिए ।
उनका अनुसार आज नै भेरी अस्पतालमा नेपालगन्जका बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार









प्रतिक्रिया दिनुहोस्