कल्पना होटलमा यौन क्रियाकलाप, ३ महिला र २ पुरुष पक्राउ



चितवन ।

चितवनको भरतपुर महानगरपालिका २,लायन्सचोकस्थित एउटा होटलबाट यौन क्रियाकलापमा संलग्न पाँच जना समातिएका छन्।

कल्पना होटल एण्ड लजमा यौनजन्य क्रियाकलाप भएको सुराकीको आधारमा प्रहरीले एक जना भारतीय र चार जना नेपालीलाई पक्रेको हो।

पक्राउ परेकामा भारतको बिहार, समस्तिपुर घर भई हाल भरतपुर महानगरपालिका २ डेरा गरेर बस्ने वर्ष १९ का मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका १ बस्ने वर्ष १९ को सन्जोग महरा, नवलपरासी बौदिकाली गाउँपालिका छ बस्ने वर्ष २१ की मुस्कान ठकुरी, भरतपुर महानगरपालिका ७ बस्ने वर्ष २४ की रोशनी मगर र नवलपरासी देवचुली २ घर भएकी होटल सञ्चालिका वर्ष ४० की कल्पना महरा हुन्।

उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार