ब्याकलोडर बी. ७६० सार्वजनिक



कोहलपुर ।

नेपाली बजारमा बबक्याट ब्याकलोडर बी.७६० सार्वजनिक गरिएको छ । इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड कन्सट्रक्सन सर्भिसेस प्रालिले यो ब्याकलोडर बी.७६० सार्वजनिक गरेको हो ।

कम्पनीले विगत १५ वर्षदेखि नेपालमा दुसान ब्रान्डका विभिन्न मेसिन बिक्री वितरण गर्दै आइरहेको थियो । बबक्याट लोडर नेपालमा बिक्री वितरण गर्नु अगाडि नेपालका विभिन्न भूभागमा परिक्षण गरी सोहीअनुसारका विशेषता राखेर नेपालका लागि उत्पादन गरिएको कम्पनीका महाप्रबन्धक काशीराम तिवारी बताए ।

‘बबक्याट’ सन् १९५८ देखि कम्प्याक्ट मेसिनहरू उत्पादन गर्दै आएको अमेरिकन ब्रान्ड हो । बबक्याट बी.७६० मा ९४ एचपी पार्किङ्स टर्बोचार्ड इन्जिन प्रयोग गरिएको छ । मेसिनमा अगाडिको लोडर बकेटमा १.१ क्युबिक मिटर बकेट साइज दिएको छ भने पछाडिको ब्याकहोमा ०.३ क्युबिक मिटरको बकेट प्रयोग भएको छ ।

यसको क्याबिनमा पनि बस्नका लागि प्रशस्त ठाउँ राखिएको छ । यसमा साइड स्टेबलाइजर पनि जडान गरिएको छ । बबक्याट ब्याक हो लोडरमा स्ट्यान्डर्ड डिपर विथ होज गार्ड उपलब्ध छ । बबक्याटको प्रमुख विशेषताहरू भनेको युनिक डिस्ट्रिब्युसन बक्स, पम्प अनलोडिङ सिस्टम, ब्याट्री कट अफ स्वीच, र सेभेन इन वान अप्सन बकेट हुन् । युनिक डिस्ट्रिब्युसन बक्स भनेको एउटा स्मार्ट हाइड्रोलिक पाइप म्यानेजमेन्ट हो ।

यसले गर्दा हाइड्रोलिक पाइप लिकेज (चुहावट), ब्रेकेज (टुट्न–फुट्न) हुनबाट बचाउँछ र मर्मत सम्भार शुल्क कम हुन्छ । त्यसैगरी, यसमा दुई वटा पम्प अनलोडिङ सिस्टम हुन्छ । कामको प्रकृति अनुसार एउटा पाइप बन्द गरी अर्को पम्प सञ्चालन गर्न सकिन्छ ।

यसले गर्दा इन्धन बचत हुन्छ । बबक्याटमा रहेको ब्याट्री कट अफ स्विचले गर्दा मेसिन प्रयोग गरेको बेलामा ब्याट्री खेर जानबाट जोगाउँछ । यसले ब्याट्रीको आयु पनि बढाउँछ । यस मेसिनमा सेभेन–इन–वान विकल्प छ, जसले गर्दा सबै थरीका कामहरू उक्त बकेटको मद्दतले गर्न सकिन्छ ।

बबक्याट लोडरको डम्प हाइट र वर्किङ हाइट बेस्ट इन क्यास छ । साथै लोडर आर्म बकेट फोर्स र ब्याकहो फियरआउट फोर्स पनि धेरै छ । बबक्याट नेपाली बजारमा सार्वजनिक भएसँगै कम्पनीले ग्राहकका लागि केही योजनाहरू ल्याएको छ । कम्पनीले देशभरिमा आफ्ना सात वटा शाखाहरूबाट सेल्स, सर्भिस तथा स्पेयरको सेवा प्रदान गरिरहेको छ ।

मेसिनहरूको क्षेत्रमै गएर सर्भिसिङ गर्नुपर्दा यसको शुल्क महँगो पर्ने गर्दछ । सो कुरा ध्यानमा राखी कम्पनीले ग्राहकहरूलाई बबक्याट मेसिनको पुनः बिक्री मूल्यमा ढुक्क पार्न पाँच वर्षपछिको रिसेल ग्यारेन्टी प्रदान गरेको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २९ गते शनिबार