बाँकेको राप्तीसोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ ।
सभामा विभिन्न पाँचवटा विधेयक पेस गरिएको छ । गाउँपालिकाले भूमि, स्वास्थ्य तथा सरसफाइ, कृर्षि तथा पशुपन्छी, खानेपानी तथा सरसफाइ र स्वच्छता र नमुना वनसम्बन्धी विधेयक पेस गरिएको हो ।
गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारुले सभामा पेस गरेका छन् । सभामा पेस गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सदस्यहरुलाई वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समीक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको थियो ।
सभाका सदस्यहरु तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मदनकुमार ओली, वडा नम्बर ६ का अध्यक्ष जनकबहादुर थारु, वडा नम्बर १ का वडासदस्यद्धय रुद्रमणि ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा राखेका थिए ।
गाउँसभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्