तुलसीपुर उपमहानगरपालिका–५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।
ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका– ५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अली अन्दाजी ४०-४२ वर्षीय, उनकी छोरी साजिता १३-१४ वर्षीया र छोरा आविदिन ५-६ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगोमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४-१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको ज्यान गएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्