ज्यान मार्ने उद्याेगमा दाङ घोराहीका गुण्डानाईके बिकास पुन कारागार चलान भएका छन । ५० लाख ठगेर भागेका घोराही १५ रतनपुरका ४० बर्षिय पुनलाई सिआईबिले काठमाडौंबाट पक्राउ गरेको थियो ।
पुनलाई ठगि मुद्धामा अदालतले धरौटिमा छोडेपनि अदालतकै थुनुवा पुर्जिको आधारमा उनलाई घोराही कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजालले बताए ।
विकासविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ। दाङको देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो। उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए। ठगि मुद्धामा पुन २ लाख धरौटि तिरेर छुटेका छन ।
दाङ जिल्ला अदालतले पुन विरुद्धको ठगि मुद्धामा आज भएको थुनछेक बहसमा उनलाई धरौटिमा छोड्न आदेश दिएको छ । अदालतका जिल्ला न्यायधिस हिमलाल बेलबासेको एकल इजलाशले पुनसंग सो रकम धरौटि मागेको हो ।
ठगी मुद्दामा पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले काठमाडौंको सुन्धारास्थित होटेलबाट पक्राउ गरेको थियो ।काठमाडौंबाट दाङ ल्याई जिल्ला प्रहरी कार्यालय दाङले २५ दिन हिरासतमा राखेर ठगिमा अनुसन्धान गरेको थियो ।
कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।
राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी गरेका थिए । गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए।
विकास नेकपा एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको प्रहरी बताउँछ। विकास पछिल्लो समय काठमाडौंमा थिए।
प्रतिक्रिया दिनुहोस्