नेपालगन्ज ।
प्रणय दिवसअर्थात् ‘भ्यालेनटाइन डे’ को अवसरमा टिभिएसका मोटरसाइकल र स्कुटर खरिदमा विशेष छुट पाइने भएको छ । टिभिएस मोटर्स कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले विशेष छुट योजना ल्याएको हो ।
युवा युवतीहरुमाझ प्रख्यात प्रणय दिवसको अवसरमा टिभिएसका विभिन्न स्कुटर किन्दा नयाँ छुट योजना ल्याइएको जगदम्बा मोटर्सका रिजनल सेल्स म्यानेजर धनिराम भुषालले जानकारी दिए ।
उनका अनुसार विशेष अफरअन्तर्गत टिभिएस स्कुटर खरिदकर्ताले ६ हजार नगद छुट, हेलमेट तथा एक वर्षको सवारी कर निःशुल्क प्राप्त गर्नेछन् ।
त्यसैगरि प्रत्येक दिन नेपालभरिका स्कुटर खरिदकर्ताबाट लक्की ड्रमार्फत एक थान रियलमी मोबाइल सेट प्रदानसमेत गरिने जगदम्बा मोटर्सका रिजनल सेल्स म्यानेजर भुषालले बताए । नयाँ अफरअनुसार शून्य प्रतिशत ब्याजदर र ४० प्रतिशत डाउनपेमेन्टमा पनि टिभिएसका स्कुटर खरिद गर्न पाइनेछ ।
टिभिएस मोटर्स कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका अनुसार हाल नेपाली बजारमा सर्वाधिक रुचाइएको पावरफूल तथा स्पोर्टी स्कुटर एनटर्क साथै बिगो ११० र जुपिटर स्कुटरको खरिदमा छुट प्राप्त गर्न सकिनेछ । टिभिएसले आफ्ना ग्राहकलाई पाँच वर्षसम्मको इन्जिन वारेन्टीसमेत प्रदान गर्दै आइरहेको बताइएको छ ।
विशेष छुट योजना माघ २५ गतेदेखि फागुन ६ गतेसम्मको लागि लागू भइसकेको रिजनल सेल्स म्यानेजर भुषालले मिसन टुडेलाई जानकारी दिए । देशभरिमा नै रहेका टिभिएस मोटर्सका आधिकारिक विक्रेताबाट समेत स्कुटर किन्दा छुट पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्