अब अधिवेशन का तिक्तताहरु बिर्सिएर टिम समुहहरु बिर्सिएर सामुहिक रुपमा हामी निर्वाचनको मोडमा होमिन तयार छौ त ? यावत कुराहरुका बीचमा के काङ्ग्रेसले निर्वाचन जित्न के कस्तो रणनीति तयार पार्नु पर्ला । अबको तीन महिना हामी कम्युनिस्टको मत चोर्न हैन, हामी संग भएका मत जोगाउन तिर जोडतोडले लागौ। आन्तरिक मनमुटावले हाम्रो पार्टीका थुप्रै मतहरु बाहिरिदै आएको छ। यी मतहरुलाई हामीले जोगाउन सक्यौ भने हामी निर्वाचन स्पष्ट बहुमतका साथ विजयी हुन्छौं। नेपाली काङ्ग्रेस भित्र भएको अन्तरद्वन्दलाई समाप्त पार्न के हामी र हाम्रो नेतृत्व पंक्ति तयार छ त ? यदि छैन भने भातृ संगठनको भुमिका प्रमुख स्थानमा आउँछ। हामी कार्बाही भोग्न र कार्वाही गर्न दुबै तयार रहनु पर्छ। अधिवेशनको आन्तरिक मनमुटावले टिमगत लडाईको सजाय सिङ्गो काङ्ग्रेसको रुख चिन्हले पाउन पर्ने जस्ता दुस्खद परिस्थितिबाट हामीले काङ्ग्रेसलाई निकास दिनु पर्छ। अब को ५ बर्ष काङ्ग्रेस भित्र कोइराला र देउवाको प्यानल छैन। अबका दिनमा हामीले सिङ्गो काङ्ग्रेसको एकटिम बनाउन भातृ एवम् शुभेच्छुक संस्थाको महत्वपूर्ण जिम्मेवारी हुन जान्छ।
युवाहरूको तातो रगत पसिनाले सिन्चियको रक्त रन्जित झण्डाले नेपाली काङ्ग्रेसलाई मात्र होइन लोकतन्त्र र संविधानलाई पनि निकास दिनु पर्छ। काङ्ग्रेस निर्वाचनमा उपविजेता बन्नु नै संविधान र लोकतन्त्र हार्नु हो। अब संविधान र लोकतन्त्रलाई थप मजबुत बनाएर लैजाने अभिभारा काङ्ग्रेस र आम जनताको काधमा जिम्मेवारी र कर्तव्य बनेर आएको छ। एक हिसाबले समयमै निर्वाचनको मिति तोकिनुले काङ्ग्रेस लोकतन्त्र र संविधान प्रती पुर्ण रुपमा बफादार छ। आगामी निर्वाचनको मितिले स्पष्ट बनाएको छ। आज सम्मका जति पनि निर्वाचन भएका छन ती काङ्ग्रेस को नेतृत्व मै भएका छन। काङ्ग्रेस आफू हारेर पनि संविधानलाई जिताउन भएपनि निर्वाचनमा मुलुकलाई र आफूलाई होमिदै आएको छ। अब आगामी बैशाख ३० गते हुने निर्वाचन रुख चिन्हमा छाप लगाइ लोकतान्त्र र संविधानलाई थप मजबुत बनाउन टेवा पुर्याउन सम्पुर्ण मतदाता ज्युहरुमा विनम्र हार्दिक अनुरोध गर्दछु।
भातृ संगठन एवम् शुभेच्छुक संगठनको भुमिका
१. देशभरका ७५३ वटा स्थानीय तहको ६७४३ वटा वडामा युवाहरुको तत्काल एक्सन कमिटी गठन गर्नुपर्ने हुन्छ। उक्त कमिटीले किन कसरी र के भन्ने कुराको स्पष्टीकरण नमागी कतैबाट अन्तरघात गरेको नाम आयो भने भौतिक कार्वाही गर्न तयार रहनु पर्छ। पार्टी नेतृत्वले टिकट बढ्दा विवेक प्रयोग गर्नुपर्छ मतदाताहरुले रुख चिन्हमा स्वस्फुर्त स्वस्तिक छाप लगाउनु पर्छ।
२.राष्ट्रिय मुद्दाहरुमा काङ्ग्रेस अग्रपंक्तिमा रहेर बोल्दै आएको तथ्यपुर्ण इतिहासलाई जनताको माझमा लगेर जानूपर्छ। र दक्षिणपंक्ति कम्युनिस्ट सरकारका अधिनाएकवादि कदम र विभिन्न भ्रष्टाचारका काण्डहरु संसद विघटन, जनताको मतको अवमूल्यन गरेका जस्ता अत्यन्तै घृणित र दुस्खद घटनाहरु जनताको माझ फैलाउन अब युवापंक्ति हावी हुनुपर्छ।
३.एमसिसी सम्झौताको भ्रम र यथार्थ दुबैलाई स्पष्ट पार्न अब हामी गाउँगाउँ टोलटोल पुग्नु पर्छ। कम्युनिस्टहरु काङ्ग्रेसलाई मात्र दोषी देखाएर आफूले हस्ताक्षर गरेका तथ्य लुकाएर सोझा साझा जनताहरु बाट फाइदा लिने नीति बनाएर आगाडी बढी रहेको कुरा हामी जनताको बिचमा स्पष्ट पार्नुपर्छ ।
४. हामी मतदान केन्द्रमा व्यवस्थित र शान्तिपुर्ण ढंगबाट मतदान सम्पन्न गराउन तयार हुनुपर्छ। अब कम्युनिस्टहरु काङ्ग्रेस नेतृत्वमा सम्पन्न निर्वाचनलाई असफल बनाउन विभिन्न मधेस तराईका जिल्लाहरुमा रक्तम्य पार्न सक्रिय भएर लाग्नेछन। हामी यसमा सजक्ता अपनाउदै सदाझै शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन मदत गर्न नेविसंघ तरुणदल अब जाग्नुपर्छ।
पढ्नै ठुलो कुरा होइन पार्टी प्रतीको लगानी त्याग निष्ठाको ढिलो चाडो भएपनि कदर हुन्छ भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ। म करिव ८ वर्ष देखि नेविसंघ को पद विहिन राजनीति गर्दै आएको छु। मलाई पदको माया पनि छैन। बस लोकतन्त्र र संविधान साथै नेपाल विद्यार्थी संघको गौरवशाली इतिहास र आन्दोलन को पृष्ठभुमि थप मजबुत बनाएर लैजानुपर्छ भन्ने हो। आस्था विचार त्याग र निष्ठा भन्दा ठुलो पद होइन भन्ने मलाई लाग्दछ। अबको निर्वाचनमा जोडतोडले लाग्न नेविसंघ तरुणदल र सम्पुर्ण शुभेच्छुक संस्थाका साथीहरू मा आफ्नो तर्फबाट हार्दिक अपिल गर्दछु।
प्रतिक्रिया दिनुहोस्