राँझामा युवतीलाई ठक्कर दिएर गाडी फरार



नेपालगन्ज ।

कोहलपुर नेपालगन्ज सडक खण्डको राँझा चोक नजिकै एक युवतीलाई ठक्कर दिएर गाडी फरार भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार आइतबार राति बाटो काट्ने क्रममा एकजनालाई ठक्कर दिएर गाडी फरार रहेको हो । गाडीको ठक्करबाठ घाइते हुनेमा बैजनाथ गाउँपालिका– १ चिसापानी बस्ने अन्दाजी २५ वर्षीय रन्जु पनेरु रहेकी छिन् ।

उनको प्रहरीले उद्दार गरे उपचारको लागि नेपालगन्ज नर्सिङ होममा पठाएको थियो । उनको होस आइसकेको बताइएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार