जगदम्बा स्टीलका उत्पादन तेस्रो मुलुकमा



कोहलपुर ।

जगदम्बा स्टीलले तेस्रो मुलुकमा उत्पादनको निर्यात गर्न थालेको छ । औद्योगिक घराना शंकर समूहअन्तर्गतको नेपालको सबैभन्दा ठूलो क्षमताको स्टील उत्पादक कम्पनी जगदम्बा स्टीलले तेस्रो मुलुकमा उत्पादनको निर्यात गर्न थालेको हो ।

कम्पनीले नेपाली औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्टील उत्पादनको निर्यात थालेको दाबीसमेत गरेको छ । समूहका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौं ।

यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।’

कम्पनीका अनुसार जगदम्बा स्टील उत्पादन गर्ने जस्ता पाता (कलर कोटेड कोइल्स तथा सिट) दक्षिणपूर्वी तथा मध्यपूर्वी एसियाली देशका साथै दक्षिण अफ्रिकामा निर्यात थालेको कम्पनीले जनाएको छ ।

यी क्षेत्रहरुमा जगदम्बा स्टीलले निर्यात गर्ने यस्तो सिटको माग विदेशमा समेत बढिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार