एकीकृत सरकारी कर्मचारी संगठन बाँकेको संयोजकमा चौधरी



कोहलपुर ।

बालकृष्ण चौधरीको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन बाँकेको जिल्ला कार्य समिति गठन गरिएको छ । चौधरीको संयोजकत्वमा २१ सदस्यीय आयोजक जिल्ला कार्य समिति गठन गरिएको हो ।

एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज यामबहादुर खत्रीको उपस्थितिमा उक्त समिति गठन गरेको बताइएको छ ।

जिल्ला भेला तथा घोषणासभा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका बाँके जिल्ला इन्चार्ज अशोक कोइराला, सहइन्चार्ज अब्दुल हुसेन खाँ, महिला नेतृ मञ्जु कोइरालालगायतको पनि सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार