लागुऔषध ब्राउन सुगरसहित नेपालगन्जबाट महिला पक्राउ



नेपालगन्ज ।

बाँके प्रहरीले १२ ग्राम ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।

नेपालगन्ज-१ शिव मन्दिरबाट प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका-४ की दुर्गा शर्मालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले निजले लुकाई छिपाई राखेको १२ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २२ गते शनिबार