बलिउड अभिनेत्री इलियाना डि क्रुजले इन्स्टाग्राममार्फत आफ्नो मोटोपन देखिने तस्बिर शेयर गरेकी छिन्। उनले ‘बडी पोजेटिभिटी’ झल्किने गरी तस्बिर शेयर गरेकी हुन्।
तस्बिरमा उनी रातो बिकिनीमा देेखिएकी छिन्। उनको शरीर मोटो छ। र उनले क्याप्सनमा भनेकी छिन्- ‘यो म हुँ, म मेरो शरीरको हरेक इन्च र हरेक आकृतिलाई आत्मसात गर्छु।’
यस्तै उनले आफ्नो बढेको वजनसँगै ‘स्लिम बनाउने एप’ प्रयोग नगरेको पनि बताएकी छिन्। ‘यू आर ब्युटिफुल’ ह्यासट्यागसहित अपलोड भएको फोटोमार्फत उनले शरीर स्लिम र सुन्दर बनाउने एप पनि डिलिट गरेको बताएकी छिन्।
वजन बढी भएका कारण आफूलाई कमजोर ठान्नेहरूलाई उनले सकारात्मक सन्देश दिएकी छिन्।
प्रकाशित मिति : २०७८ माघ २२ गते शनिबार










प्रतिक्रिया दिनुहोस्