19 June 2024  |   बिहिबार, असार ७, २०८१

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना, सात जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २२, २०७८  

एजेन्सी ।

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।

नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ ।

दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, माघ २२, २०७८     1:36:20 PM  |