19 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपालगन्ज काठमाडौंको हवाइ भाडा तीन सय २५ रुपैयाँ बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २२, २०७८  

नेपालगन्ज ।

वायुसेवा सञ्चालक संघले हवाइ भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक संघले हवाइ भाडा बढाएको हो ।

नेपालगन्ज–काठमाडौंका लागि तीन सय २५ रुपैयाँ बढेको छ । तीन हजार चार सय ५५ रुपैयाँ पर्ने भाडा अब तीन हजार सात सय ८० रुपैयाँ पुगेको वायुसेवा सञ्चालक संघले जनाउको छ ।

सबैभन्दा बढी भाडा काठमाडौं–धनगढीको चार सय ४५ रुपैयाँ बढेको छ । अब यो सेक्टरको न्यूनतम भाडा पाँच हजार एक २५ रुपैयाँ पुगेको छ ।

आयल निगमले केही दिनअघि हवाइ इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो । सबैभन्दा कम काठमाडौं–पोखरा गन्तव्यमा एक सय ६० रुपैयाँ भाडा बढेको छ ।

प्रकाशित मितिः शनिबार, माघ २२, २०७८     10:26:49 AM  |