20 June 2024  |   बिहिबार, असार ७, २०८१

यामाहा शोरुम कोहलपुरमा रक्तदान, १०२ जनाले गरे रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

कोहलपुर ।

बाँके कोहलपुरको लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता श्रेष्ठ ट्रेड हवको आयोजनामा रक्तदान सम्पन्न भएको छ । श्रेष्ठ ट्रेड हवले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर शोरुममै बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा एक सय दुईजनाले रक्तदान गरेका थिए । श्रेष्ठ ट्रेड हवका सञ्चालक दीप नारायण श्रेष्ठले कोरोना महामारीमा रगतको अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

‘तेस्रो वार्षिकोत्सवको अवसरमा हामीले रगतको अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘कार्यक्रममा एक सय दुईजनाले रक्तदान गर्नुभयो ।’ सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, विद्यार्थीलगायतले कार्यक्रममा रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्रकुमार जोशीलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     3:14:41 PM  |