19 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपालगन्जमा दुध बोक्ने गाडीको ठक्करबाट प्रहरी जवान घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा शुक्रबार बिहान दुध बोक्ने गाडीको ठक्करबाट एक जना प्रहरी जवान घाइते भएका छन् ।

नेपालगन्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगनजदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको हो ।

तालिमे प्रहरीसँगै दौडिरहका बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनको नर्सिङहोम नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     1:37:19 PM  |