कोहलपुरमा बढ्दै चोरीका घटनाः कोहलपुर हाम्रो खाजा घरमा चोरी



कोहलपुर ।

बाँके कोहलपुरको न्यूरोड चोकमा रहेको कोहलपुर हाम्रो खाजा घरमा चोरी भएको छ । खाजाको तीन समय मिटर टाढा ईलाका प्रहरी कार्यालय कोहलपुर दक्षिणतर्फ र उत्तरतर्फ चौराहाामा २४ सै घण्टा प्रहरीको उपस्थिती हुने गरेको छ ।

बिहीबार राती चोरले काउण्टर फुटाएर नगद २७ हजार र ५० हजार बराबरको पेय पदार्थ समेत चोरी गरेको सञ्चालक आकाश कार्कीले जानकारी दिए ।

खाजा घर नजिकै राजश्व अनुसन्धान कार्यालय कोहलपुरको लागि सशस्त्र प्रहरी समेत खटिएको छ । पछिल्ला केही दिनयता कोहलपुरमा चोरीका घटनाहरु बढेका स्थानीयहरु बताउँछन् ।

केही दिनअघि चोरीका घटनामा संग्लनमा रहेको भन्दै कोहलपुर प्रहरीले बुढाबुढीलाई नै नियन्त्रणमा लिएको थियो । उनीहरुले कोठा खोज्ने बहानामा चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

चोरीमा संग्लनहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार