19 June 2024  |   बिहिबार, असार ७, २०८१

आज लुम्बिनी प्रदेशसहित कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८  

काठमाडौं ।

आज काठमाडौँ उपत्यकासहित देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा बिहानै मुलुकका धेरै स्थानमा मेघ गर्जन, चटयाङसहित वर्षा भइरहेको छ ।

काठमाडौँमा पनि राति वर्षा भएको थियो । दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन–चटयाङ–असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ । राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     11:14:15 AM  |