19 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँसगढीमा यात्रुबहाक बस दुर्घटना ३५ यात्रु घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८  

बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिका–३ डुडुवा खोला नजिक यात्रुबहाक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । कालिकोटदेखि कैलालीको धनगढी जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३५ यात्रुहरु सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । प्रहरीकाअनुसार घाइतेमध्ये २७ जना स्थानीय अस्पतालमा उपचारपश्चात घर डिस्चार्ज भइसकेका छन् ।

८ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा समेत सामान्य रहेको प्रहरीले जनाएको छ । बस चालकलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८     9:03:09 AM  |