बर्दियाको मैनापोखर क्षेत्र तनावग्रस्तः सडकमा चक्काजाम, प्रहरी कार्यालय घेराउ



कोहलपुर ।

मदिरा पिएका चालकले चलाएको टिप्परको दुई जनाको ज्यान लिनुका साथै अन्य दुई स्थानीयलाई गम्भीर घाइते बनाएपछि बिहानैदेखि मैनापोखर क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थानीयहरुले मृतकका आफन्तलाई उचित क्षतीपूर्ती, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाही लगायतका माग राख्दै आन्दोलन उत्रिएका छन् ।

उनीहरुले मैनापोखर, भोलागौडी, सिमरा लगायतका क्षेत्रका सडकमा उत्रिएका बिहानैदेखि नेपालगन्ज गुलरिया सडक खण्ड अवरुद्ध पारेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर बाहिर प्रदर्शन गर्दा सो क्षेत्र तनावग्रस्त बनेको छ ।

ठूलो संख्या नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ठक्कर दिने टिप्परका मालिकलाई बोलाइएपनि आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १९ गते बुधबार