13 June 2024  |   शुक्रबार, असार १, २०८१

खाजा पसलमा लागुऔषधको कारोबार, ब्राउनसुगर र चरेससहित महिला पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १९, २०७८  

रोल्पा ।

रोल्पामा लागुऔषध ब्राउनसुगर र चरेससहित एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको लुङ्ग्री गाउँपालिका–६ गुम्चाल घर भई जिल्लाकै सुनिल स्मृति गाउँपालिका–६ रुईनिवाङ्गमा झरना नास्ता पसल गरी बस्ने ३० वर्षीया झलमली बुढाथोकी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

मंगलबार अपरान्ह निजले लागुऔषध कारोवार गर्दैछिन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय सुलिचौरको टोलीले उनको पसलमा छापा मारेको थियो ।

सोही क्रममा ती महिलाको शरीरबाट ११ पुरिया २४० मिलिग्राम ब्राउनसुगर र ६४ ग्राम चरेस फेला पारेर उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, माघ १९, २०७८     12:09:47 PM  |