निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार नगर्दा भेरी अस्पतालमा कोरोना भाइरस र कोरोना भाइरस संक्रमण नभएका बिरामीको चाप बढेको हो ।
कोरोना भाइरस संक्रमित गर्भवती धेरै हुँदा उनीहरुले सुत्केरीका लागि अस्पतालको प्रसूति वार्डको बाहिर पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । सुत्केरी हुन आउने गर्भवती महिलाहरुको चाप बढेकोले व्यवस्थापनमा केही समस्या भइरहेको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी दिए ।
भेरी अस्पताल नेपालगन्जमा सुत्केरी हुन आउने कोभिड–१९ (कोरोना भाइरस) संक्रमित गर्भवतीहरुको चाप बढेको छ । सुत्केरी हुन आउने गर्भवतीको चाप अस्पतालमा बढेसँगै व्यवस्थापनमा समस्या भएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले केही दिनयता सुत्केरी हुने आउने गर्भवतीको चाप बढेको जानकारी दिए । कोरोना भाइरस संक्रमित गर्भवतीलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुरलगायतका निजी अस्पतालहरुले भर्ना लिन छोडिसकेका छन् ।
निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार नगर्दा भेरी अस्पतालमा कोरोना भाइरस र कोरोना भाइरस संक्रमण नभएका बिरामीको चाप बढेको हो । कोरोना भाइरस संक्रमित गर्भवती धेरै हुँदा उनीहरुले सुत्केरीका लागि अस्पतालको प्रसूति वार्डको बाहिर पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । सुत्केरी हुन आउने गर्भवती महिलाहरुको चाप बढेकोले व्यवस्थापनमा केही समस्या भइरहेको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी दिए ।
‘अन्य अस्पतालबाट समेत संक्रमित गर्भवतीहरु सुत्केरीको लागि रेफर भएर भेरीमा आउने क्रम बढेको छ,’ उनले भने, ‘सकेसम्म उहाँहरुलाई हामीले छिटो र राम्रो सेवा दिन प्रयास गरिरहेका छौं ।
हामीसँग सीमित स्रोतसाधन भएकोले चापलाई व्यवस्थापन गर्न समस्या भएको छ ।’ उनका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमित भएकोले उपचारमा समस्या भइरहेको छ । ‘एकातिर बिरामीहरुको चाप बढ्नु र अर्कोतिर चिकित्सकहरु समेत संक्रमित भएकाले समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘भएका चिकित्सक र स्वास्थ्यकर्मीहरुबाट हामीले अहिले सेवा दिइरहेका छौं ।’
यसअघि कोरोना भाइरस संक्रमित गर्भवतीको उपचार र शल्यक्रिया गर्दै आएको मेडिकल कलेजले अहिले भने भेरी अस्पतालमा रेफर गर्ने गरेको छ । शुक्रबार दिउँसोसम्म भेरीको कोभिड–१९ वार्डमा गर्भवती, सुत्केरी र अन्य गरेर २९ जना संक्रमितहरु उपचाररत थिए । प्रसूतिसहित अस्पतालका अन्य वार्डमा कार्यरत चिकित्सकहरु धमाधम कोरोना संक्रमित भइरहेका छन् । भेरी अस्पतालका मेसु डा.वीरेन्द्रबहादुर चन्दले अन्य अस्पतालबाट रेफर भएर आउने संक्रमित बिरामीहरुको संख्या बढिरहेको बताए ।
‘बिरामीको चाप नभएको होइन पहिलाभन्दा पक्कै पनि धेरै छ,’ उनले भने, ‘चिकित्कसहरु संक्रमित भए पनि उपचारमा भने हामीले कमी हुन दिएका छैनौं ।’ साविक मध्य तथा सुदूरपश्चिम क्षेत्रको रिफरल अस्पतालको रुपमा भेरी रहेको छ । अन्य जिल्लाबाट समेत गम्भीर प्रकृतिका संक्रमित बिरामीहरु भेरी अस्पतालमा नै रेफर गरेर पठाउने गरिएको छ ।
दैनिक सरदर अहिले पाँचजना गर्भवतीलाई शल्यक्रिया गरेर सुत्केरी गराउने गरिन्छ । पछिल्लो समय अस्पताल आउने अन्य रोगका अधिकांश बिरामीहरुमा कोरोना भाइरससमेत पुष्टि हुन थालेको भेरी अस्पताल प्रशासनले जनाएको छ । जिल्लाका निजी अस्पतालहरु कोरोना भाइरस संक्रमि गर्भवतीलाई सुरक्षित सुत्केरी गराउने जिम्मेवारीबाट पन्छिँदा उनीहरुलाई समस्या हुँदै आएको छ ।
यस्तो संकटका बेला निजी अस्पतालहरुले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने सर्वसाधारणहरु बाउँछन् । यतिबेला निजी अस्पतालहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको उनीहरुको नाइ छ ।
‘बिरामीलाई फिर्ता गर्दनौं’
डा. संकेत कुमार
सूचना अधिकारी, भेरी अस्पताल
हाम्रो अस्पतालमा सेवा लिन आउने कुनै पनि बिरामीलाई हामी फिर्ता पठाउँदैनौं । अहिले पनि हामीले अस्पतालमा कोभिड र नन कोभिड दुवै बिरामीहरुको उपचार गरिरहेका छौं । सरकारी अस्पताल भएकाले पनि हामीले अहिलेसम्म कुनै बिरामीलाई समेत बिना उपचार फिर्ता पठाएका छैनौं ।
कोरोनाको पहिलो र दोस्रो लहरका बेला गरिएको तयारीले अहिले हामीलाई मद्दत पु¥याइरहेको छ । दोस्रो लहरको बेला त हामीले बिरामीलाई चौरमा समेत बेड राखेर भर्ना लिएर उपचार गरेका थियौं । अहिले उतिबेलाको जस्तो अवस्था आइसकेको छैन । अस्पतालको कोभिड वार्ड अहिलेसम्म कहिल्यै खाली भएन । त्यही कारणले हामीलाई सधैं तयारी हालतमा बस्नुपर्ने बाध्य पनि बनायो ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु दैनिकजसो संक्रमित भइरहनुभएको छ । तर पनि हामीले कुनै सेवा रोकेका छैनौं । रोक्ने कुरो पनि भएन । चाप बढे पनि हामीले बढी काम गरेर भए पनि समयको व्यवस्थापन मिलाइरहेका छौं । कोरोना वार्डसमेत पहिल्यै बनाएकोले अहिले त्यही संक्रमित राखेर उपचार गरिरहेका छौं । अहिले हामीले सबै खाले बिरामीहरुलाई सेवा दिइरहेका छौं ।
‘निजी अस्पतालसँग समन्वय भइरहेको छ’
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमितको उपचारको लागि प्रक्रिया थालिएको बताएका छन् । संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग सम्झौता गर्नुपर्ने उनले बताए ।
‘मन्त्रालयले अस्पतालसँग सम्झौता गरी नसकेकोले समस्या भएको हो,’ सिडिओ खत्रीले मिसन टुडेसँग भने, ‘फोन गरेरसमेत मैले मन्त्रालयमा चाँडो सम्झौता गरिदिनुप¥यो भनेर भनिरहेको छुँ । सम्झौता चाहिँ अझै भइसकेको छैन ।’ संक्रमितको उपचारको लागि सम्झौता नभएकोले निःशुल्क उपचार गरिदिनुहोस् भन्न समस्या भएको उनी बताउँछन् ।
केही दिनअघि मात्र भेरीमा बिरामीको चाप बढेको भन्दै जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेको बैठकले मेडिकल कलेज कोहलपुरसँग सम्झौता गरिदिन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले सम्झौता गरिदिए गम्भीर संक्रमित बिरामीको उपचारमा सहज हुने सिडिओ खत्रीले बताए । ‘सम्झौता भए अहिले भेरीमा रहेको बिरामीको चाप कम हुने थियो,’ उनले भने, ‘केही दिनमा अहिले रहेको समस्या हल हुन्छ । हामी लागिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्