आजदेखि जिल्ला प्रशासन कार्यालय बाँकेको नियमित सेवा



नेपालगन्ज ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गएको माघ १२ गतेदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह आजदेखि नियमित भएको छ ।

बाँकेका प्रमूख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले आजदेखि सम्पूर्ण सेवा नियमित भएको जानकारी दिनुभयो । सेवाग्राहीलाई सेवा लिन आउँदा खोपकार्ड अनिवार्य गरिएको छ ।

यस्तै मास्क अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न, कार्यालयमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ । यस्तै रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राही कार्यालयमा प्रवेश नर्गन कार्यालयले आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार