कोहलपुर ।
बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नं ६ का ४१ बर्षिय मनिराम चौधरी पक्राउ परेका छन् ।
छिमेकी १३ बर्षिया बालिकालाई डरत्रास देखाई बलात्कार गरी गर्भवती बनाएको र बालिकाले बच्चा जन्माएपछि घटना बाहिर आएको हो ।
जबरजस्ती करणी पीडित एक १३ बर्षिय बालिकाले बच्चा (छोरी) जन्माएपछि घटना खुलेको थियो ।
२०७८ बैशाख २७ गते बालिकालाई आफ्नो घरमा एक्लै भएको अवस्थामा डर त्रास देखाई घरभित्रै जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।
घटनाको बारेमा कतै भनेमा मारेर फालिदिने पटक पटक धम्कि दिएपछि बालिकाले घरपरिवारमा समेत नभनेको बालिकाले बताईन् ।
पीडित बालिकाले गत आइतबार माघ १६ गते स्थानीय नेउलापुर स्वास्थ्य चौकीमा बच्चा छोरी लाई जन्म दिएकी छन् ।
बालिकाको पेट एक्कासी दुखेपछि स्थानीय क्लिनिकमा उपचारका लागि भिडियो एक्सरे गर्ने क्रममा बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको र सोही दिन नै बच्चा जन्मिएको पीडित बालिकाका आफन्तले बताएका छन् ।
पीडित बालिकाले बच्चा जन्माएको खबर प्राप्त हुनसाथ पीडक थारुलाई पक्राउ गरेको छ ।
प्रहरीले थारुलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । बालिकालाई अहिले सेफ हाउसमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्